लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम
बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका छन् । नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाउँ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीहरुले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।
लुम्बिनी होटल तथा पर्यटन व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीहरुले १५ दिनमा देखिने गरी पर्यटकीय सुधार गर्न नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानलाई ध्यानाकर्षण गराएको हो ।
विश्वको ध्यान क्षेत्र रहेको लुम्बिनीमा वार्षिक लाखौ पर्यटक आउने भएपनि यस क्षेत्रमा थुप्रै समस्याहरु पर्यटकले भोग्नु परेको छ । सरकारले रात्रीकालिन बजारको अवधारणा ल्याउँदा सार्वजनिक ठाउँ र सडक बत्ती नबलेर अन्धकार, सडक र विकास कोष वरपर यत्र तत्र फोहोरको डंगुर र सडकमा छाडा चौपायाले सौन्दर्यता मात्रै होइन, सडक दुर्घटना पनि बढाएको छ ।
हामी विश्व पर्यटन दिवस मनाउने तयारीमा पर्यटकलाई स्वागत गर्न आतुर छौ तर स्थानीय सरकारले सामान्य पूर्वाधार पनि दुरुस्त गर्न नसकेको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भने । कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसाय विस्तारै जुरमुराउन थालेको छ । सबैभन्दा प्रभावित क्षेत्र पर्यटन पहिलेकै अवस्थामा फर्कन अझैं लामो समय लाग्छ । केही मात्रामा आएका पर्यटकलाई पनि हामीले घुम्ने वातावरण बनाउनु जरुरी रहेको छ ।
प्रचार प्रसारको माध्यमबाट पर्यटन आगमनलाई सहज बनाउँदै सरकारबाट हुनुपर्ने कतिपय सुधारका काम निजी क्षेत्रले गरिरहेको छ । लुम्बिनीबारे सन्देश गलत नजाओस भन्ने उद्देश्यले हामीले स्थानीय सरकारलाई १५ दिन भित्र वातावरणीय पक्ष सरसफाई र उज्यालो लुम्बिनी गर्न आग्रह गरेको होटल संघ नेपालका अध्यक्ष ज्ञवालीले भने ।
अन्य पालिकामा निर्वाचित भएको १०० दिनमा आफूहरुले गरेका कामको उत्साहपूर्ण र आशलाग्दो विवरण सार्वजनिक गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रको केन्द्र विन्दु र सबैभन्दा महत्वपूर्ण ठाउँ भगवान बुद्धको जन्मथलो रहेको इलाका आज फोहोरको थुप्रो माथि देखिन्छ पर्साचोक देखि लंकापुर सम्ममा लाखौं रुपियाँ खर्च गरी गाडिएका बिजुलीका पोलहरु छन् तर त्यो क्षेत्र अन्धकारमा छ विज्ञप्तीमा भनिएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै