धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु
शनिबार, ०८ असोज २०७९, २२ : २८
धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटा नगरपालिका–६ पात्ले बस्ने ५७ वर्षीय राज बहादुर राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित उद्धव कटुवालको घरमा ढोका बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके, खजुरा गाउँपालिका–२ बस्ने ५७ वर्षीय देवी प्रसाद भुषालको करेन्ट लागेर आज (शनिबार) बिहान मृत्यु भएको छ । आफ्नै घरमा अटो चार्जमा राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ् होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा