फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

नेपाल फार्मेसी संघ लुम्बिनीको प्रदेश अध्यक्षमा गोविन्दप्रसाद तिवारी निर्वाचित भएका छन्। संघको शनिबार बुटवलमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत  रुपमा तिवारीलाई अध्यक्षमा चयन गरिएको हो ।  समितिको उपाध्यक्षमा खेम तिवारी र रमेश खनाल, महासचिवमा सुरेन्द्रप्रसाद यादव, सचिवमा सुरेन्द्रकुमार डफगर, कोषाध्यक्ष पदमा मोतिलाल खनाल र सहकोषाध्यक्ष पदमा सुवेक्षा गौतम सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्त धर्मराज भट्टराईले जानकारी दिए।


सदस्यहरुमा जगनाथ पराजुली, लक्ष्मीकुमार गुप्ता र खेमनारायण काफ्ले निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जीव पाण्डेले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन  निर्देशन दिँदै कतै दिएको पाइएमा  कडा कारवाही गर्ने चेतावनी दिए।



पाण्डेले प्रमाणपत्र भाडामा लगाउनु एक प्रकारको अपराध भएको बताउँदै  हालसम्म ३० जनाको प्रमाणपत्र खारेज गरिसकिएको  खुलासा गरे । उनले कतिपयलाई आजीवन दर्ता हुन अयोग्य हुनेगरी कारवाही गरिएको पनि जानकारी गराए। कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले नीतिगत समस्याका कारण फर्मासिष्टहरुको मुद्धा सुल्झाउन नसकिएको बताए ।



संघका प्रदेश अध्यक्ष ध्रुवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका सचिव डा.सन्तोष पोखरेल, औषधि व्यवसायी संघ लुम्बिनीका प्रदेश अध्यक्ष शिव ज्ञवाली, रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, संघका सल्लाहकार भोजराज बस्याल, बाँकेका अध्यक्ष सुरेन्द्रकुमार डफ्गर, फर्मासिष्ट सभ्यता खनाल बस्याल, प्रदेश उपाध्यक्ष गोविन्दप्रसाद तिवारी लगायतले बोलेका थिए।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।