शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३ जना एसएसपीको सरुवा, बुटवल तालिम केन्द्रमा घिमिरे

शनिबार, ०८ असोज २०७९, २२ : ५५
शनिबार, ०८ असोज २०७९

गृह मन्त्रालयले ३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरुवा गरेको छ । बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप