शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’बाट श्रेष्ठ पुरस्कृत

शनिबार, ०८ असोज २०७९, २० : २०
शनिबार, ०८ असोज २०७९

यो वर्षको ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक पवनलाल श्रेष्ठलाई प्रदान गरिएको छ । 

साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक श्रेष्ठलाई शनिवार एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष राजु विष्ट र संरक्षक मिश्रीमाया विष्टले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका छन् । झन्डै २ दशक पत्रकारिता गरेबापत श्रेष्ठलाई १५ हजार नगद र सम्मानपत्रबाट पुरस्कृत गरिएको हो । 

पुरस्कार वितरण समारोहमा संस्थाका संस्थापक एवं साहित्यकार गायत्री विष्टले सो पुरस्कार आफ्ना बुबाको इच्छा अनुसार उनले नै अक्षयकोषका रूपमा राखिदिएको पैसाबाट दिइएको जानकारी दिइन् । पत्रकार श्रेष्ठले काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशकदेखि निरन्तर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप