शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिरगञ्ज पुल सञ्चालन गर्न भारतीय गृहमन्त्रीलाई मोरङ व्यापार संघको आग्रह

शनिबार, ०८ असोज २०७९, २० : ०८
शनिबार, ०८ असोज २०७९

मिरगञ्ज पुल सञ्चालनको माग गर्दै मोरङ व्यापार संघले भारतीय गृहमन्त्री अमित साहलाई ज्ञापन पत्र बुझाएको छ । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले भारतीय गृहमन्त्री साहसँग यस्तो माग गरेको हो । 

बिहार आएका गृहमन्त्री साहलाई किसनगँजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठीसहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनीत सिंघानीयाले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै साहले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । 

ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखि बन्द भएको मिरगञ्ज पुलको विकल्पमा बनेको मोटरेबल पुल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । पुल सञ्चालन नहुँदा नेपाल भारत आवतजावत गर्ने ३०० सवारी तथा कार्गोलाई समस्या परेको उल्लेख छ । 

पुल सञ्चालन नहुँदा ११४ किलोमिटर सुनसरीको भण्टाबारीबाट घुमेर आइसीपी आउनु पर्ने बाध्यता रहेको र त्यसले दैनिक एउटा गाडीको भाडा २० हजार थप लागिरहेको र ६ दिन विलम्ब समेत हुने गरेको पत्रमा उल्लेख छ । 

व्यापार संघले भारत हुँदै फर्किने नेपालीका लागि भारतीय भिसा बाध्यता खारेज गर्न पनि आग्रह गरेको छ । ‘भारतको भूभाग हुँदै नेपाल फर्कने नेपाली नागरिकले विदेशी यात्रुहरूलाई जस्तै भारतीय भिसा दिनु पर्नेछ । तर, नेपाल र भारतले प्रत्येक देशमा स्वतन्त्र आवतजावत गर्ने भएकाले नेपाली नागरिक भारत हुँदै फर्किने क्रममा भारतीय भिसाको बाध्यता खारेज गर्न अनुरोध गरिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ । 

व्यापार संघले चामल र गहुँ निकासीमा नेपालमा प्रतिबन्ध लगाइँदा नेपाली जनता र उद्योगधन्दामा ठुलो असर परेको बताउँदै धान र गहुँ निर्यात गर्न अनुमति दिन माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप