बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२३-२०३३ लाई भ्रमण दशकको रूपमा मनाइने

शनिबार, ०८ असोज २०७९, १९ : ५५
शनिबार, ०८ असोज २०७९

नेपाल भ्रमण दशक मनाइने भएको छ । सरकारले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने भएको हो । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारीले जानकारी दिए ।

कोभिड-१९ का कारण अति प्रभावित नेपालको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा भ्रमण दशक मनाउन लागिएको उनले बताए । यसअघि सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । तर सुरुवाती चरणमै विश्वमा फैलिएको कोभिडका कारण सो भ्रमण वर्ष प्रभावित हुन पुगेको थियो । २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण वर्षमा मुस्किलले दुई लाख मात्र विदेशी पर्यटक भित्रिएका थिए । 

कोभिड-१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताबिक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो । 

साथै, नेपाल होटल व्यवसायी संघ (हान) को आयोजनामा शनिबारदेखि राजधानीमा नेपाल हस्पिटालिटी कन्क्लेभ, २०२२ समेत सुरु भएको छ । होटल, सत्कार तथा खानाका परिकार सम्बन्धी आयोजित छलफल आइतबार साँझसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप