बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक

शनिबार, ०८ असोज २०७९, १९ : ५३
शनिबार, ०८ असोज २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको बिस्तारै चासो बढ्नु सकारात्मक भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् । 

आज मोरङ समाज काठमाडौँले दसैँ तिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मङ्सिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्ने गरि काम गर्ने बताए । हरेक वडामा ल्याबसहितको क्लिनिक पु¥याउनुपर्ने र हरेक क्षेत्रमा सिप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहको भनाई थियो । 

संविधानको कार्यान्वयन गर्न र गाउँ गाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली काँग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो । कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसद्मा बलियो भएपछि मात्र संविधान जारी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप