बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित १ जना पक्राउ

शनिबार, ०८ असोज २०७९, १९ : १८
शनिबार, ०८ असोज २०७९

चोरी भई हराएको मोटरसाइकल सहित काठमाडौँको काठमाडौँ महानगरपालिका २६ शिव मन्दिर नजिकै बाट हिजो १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई हिजो ट्राफिक प्रहरीले पक्राउ गरेको हो । उक्त NS २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौँको हात्तीगौडाबाट हराएको भनी मगरले  निवेदन दिएका थिए । उक्त मोटरसाइकल सहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप