शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाटखोला र दमक भेट्रान्स गोल्डकपको फाइनलमा भिड्ने

शनिबार, ०८ असोज २०७९, १८ : ३५
शनिबार, ०८ असोज २०७९

१ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । 

विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइनलमा पुगेको हो । 

जितसँगै हाटखोलले सोमबार हुने फाइनल खेलमा उपाधिको लागि दमक–लखनपुर भेट्रान्स क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । शनिबारको अन्तिम सेमिफाइनल खेलमा निर्धारित समयसम्म २/२ गोलको बराबरी भएपछि जितको छिनोफानो ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा  हाटखोलाका अर्जुन खड्की, सुरेन तामाङ र सुरज श्रेष्ठले गोल गरी टिमलाई फाइनलमा पुर्‍याउन सफल भए । हाटखोलाका राजु थापाको प्रहार बाहिर गएको थियो ।

ट्राइब्रेकरमा आयोजक मिल्सका विनय चौधरी, कृष्ण शाक्य र  रानु प्रताव रानाले गोल गर्न नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरनुपर्‍यो । मिल्सको तर्फबाट ट्राइब्रेकरमा बुद्धि दराइ राईले मात्र गोल एक गोल गरेका थिए । 

खेलमा म्यान अफ द म्याच हाटखोलाका गोल किपर मीन बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । फाइनल सोमबार (असोज १० गते घटस्थापनाका)का दिन हुने प्रतियोगिता संयोजक मनोज खड्काले बताए । उनका अनुसार असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ का ११ वटा टिम सहभागी थिए । मिल्स भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप