मध्य जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु
जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार विहीन भएका छन् । धेरै ठाउँमा विद्युत् विच्छेद भएका छन् । काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजले उल्लेख गरेको छ ।
शिजुओका प्रिफेक्चरको हमामात्सुमा पनि छुट्टै पहिरोमा परी नौ वर्षीय बालकसहित तीन जनालाई सामान्य चोटपटक लागेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ । जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको र पहिरोले दुईवटा बिजुलीका खम्बा लडाएको छ ।
एजेन्सीले टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जारी गरेको छ । जापान अहिले टाइफुनको उच्च जोखिममा छ । गत साता क्युसुमा आएको नानमाडोल आँधीका कारण चार जनाको मृत्यु भएको थियो भने १५१ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी