शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइराला पक्षद्वारा पार्टीमा विद्रोहको चेतावनी, देउवालाई असोज १६ को डेडलाइन

समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको आरोप
शनिबार, ०८ असोज २०७९, २२ : ५२
शनिबार, ०८ असोज २०७९

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका हुन् । 

सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए। उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दवाव दिए । उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरूलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईहरुलाई पनि राम्रो हुनैछैन । पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’

अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टी भित्र न्याय नभए विद्रोह गरेर अघि बढने चेतावनी दिए । उनले पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा समेत गरे । नेता शाहीले भने, ‘निर्वाचनमा टिकट पाइनँ भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर, नेताको दास भएर बसिँदैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’

नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विद्रोह गरेर अघि बढन बाध्य हुने बताए । सभापति शेरबहादुर देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए । नेता केसीले भने, ‘हामीलाई न्याय हुनु पर्‍यो । सभापति शेरबहादुर देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिक तर्फको टिकट दिने काममा एकलौटी गरियो । १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढ्छौँ ।’

नेता केसीले देउवा पार्टीको सभापति भएपनि भित्र एक पक्षीय ढंगले अघि बढेकाले त्यसको विरोध गर्नु परेको पटकपटक दोहोर्‍याउनु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप