बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवाले पार्टी एकतालाई भन्दा पाँचदलीय गठबन्धनलाई प्राथमिकता दिए :  केसी

शनिबार, ०८ असोज २०७९, १७ : ३१
शनिबार, ०८ असोज २०७९

कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापा गाउँमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले उनले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरे । 

उनले को कार्यक्रममा समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतावनी पनि दिए ।  ​समानुपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले  सच्याउनुपर्ने बताए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्द सूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको जिकिर गरे।  

प्रत्यक्ष तर्फको टिकट वितरणमा पनि उही अवस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खबरदारी सभामा आयोजना गरेको बताए।  उनले सभापति शेरबहादुर देउवाले महाधिवेशन लगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरित देखिएको तर्क गरे।  -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप