सत्तारुढ दलहरूको एमालेसँग लड्ने हैसियत छैन : टोपबहादुर रायमाझी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए ।
उनले भने, ‘नेकपा (एमाले) सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरुले गठबन्धन आवश्यक्ता हो भनेर काँग्रेसको पुच्छर बनिरहेका छन् । गठबन्धन गरेपनि उनीहरुलाई सजिलो छैन ।’ नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्याए ।
सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी/विदेशी प्रतिक्रियावादीहरुकाे इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘एउटा पार्टी भित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भईरहेको छ भने उनीहरुलाई झन गाह्रो हुनेछ । यो गठबन्धन देशी, विदेशी प्रतिक्रियावादीहरुले बनाएका हुन । यो उनीहरुकै इसारामा चल्छ ।’
सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गरे । उनले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने