बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ र भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ

शनिबार, ०८ असोज २०७९, १६ : ४७
शनिबार, ०८ असोज २०७९

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधव गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुर नगरपालिका-५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कमलविनायक बस्ने २६ वर्षीय सुदीप वैद्यसमेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप