बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

शनिबार, ०८ असोज २०७९, १६ : ४४
शनिबार, ०८ असोज २०७९

अर्घाखाँचीमा आफ्नो श्रीमतीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप