पत्रकार दबू ललितपुरको अध्यक्षमा मञ्जु बज्राचार्य

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन् । २०५४ सालदेखि सञ्चारको श्रव्य विधामा सक्रिय रहेकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।


कार्यसमितिको उपाध्यक्षद्वय लक्ष्मीकुमारी श्रेष्ठ, सुनिता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन रहेका छन् । त्यस्तै कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ पवित्रकुमार महर्जन लगायत रहनुभएको छ । कार्यसमितिमा निर्वतमान अध्यक्ष सागर महर्जन पनि रहनेछन् । त्यसैगरी केन्द्रीय सभासद्‍मा सागर महर्जन, विश्वन्तर शाक्य,सुविनकुमार श्रेष्ठ, विकास माली र अनुप महर्जन चयन भएका छन् । निर्वाचितहरुलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलालले प्रमाणपत्र वितरण गरेका थिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।