पशुपति माविका नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति

पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नौ जना विद्यार्थीलाई प्रदान गरिएको छ । समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला बढाउने यो छात्रवृत्ति पाँच वर्षदेखि प्रदान गरिँदै आइएको छ । कोभिड महामारीका कारण दुई वर्ष निरन्तरता पाउन नसके पनि यस पटकको सहित तीन वर्षको छात्रवृत्ति दिएको अक्षयकोषका अध्यक्ष श्रेष्ठले बताए ।
०७६ सालको एसइईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरे यस्तै ०७७ सालको एसइईमा प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल र ०७८ सालमा प्रथम हुने आशिष पन्थी, द्वितीय हुने बिराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।
छात्रवृतिबाट सम्मानित हुने विद्यार्थीमध्ये प्रथम हुनेले १० हजार तथा द्वितीय र तृतीय हुनेले ५–५ हजार नगद, उपहार र प्रशंसापत्रबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे