शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्यास लिँदा रोजर फेडेररको रोएको तस्बिर हेरेर विराट कोहलीले के भने ?

शनिबार, ०८ असोज २०७९, १५ : २२
शनिबार, ०८ असोज २०७९

टेनिसका महान् खेलाडीमध्येका एक स्विजरल्याण्डका रोजर फेडेरर शुक्रबार राती व्यावसायिक टेनिसबाट बिदा भएका छन् । उनले शुक्रबार राति लन्डनमा भएको लेवर कपमा आफ्नो करियरको अन्तिम व्यावसायिक खेल खेले । खेल सकिएपछि कोर्टमा बोल्दै फेडेरर निकै भावुक भए र उनी बेस्सरी रुन थाले । उनीसँगै राफेल नाडाल पनि रुन थाले ।

यो देखेर धेरै दर्शकहरु निकै भावुक पनि भए । यो दृश्यले यो खेल हेरिरहेका सबैलाई स्तब्ध बनायो । यो दृश्यले भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीलाई पनि भावुक बनाएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै आफ्नो भावना व्यक्त गरेका हुन् ।

विराट कोहलीले आफ्नो ट्वीटमा लेखेका छन्, ‘कसले सोचे कि प्रतिद्वन्द्वीले एकअर्काको बारेमा यस्तो महसुस गर्न सक्छन् ? यो खेलको सुन्दरता हो । मेरो लागि यो खेलले देखेको सबैभन्दा सुन्दर तस्विर हो । जब तपाईंका साथी तपाईंका लागि रुन्छन् भने भगवानबाट पाएको प्रतिभा तपाईंले नै किन पाउनुभयो । यी दुबैलाई मेरो पूरा सम्मान ।’

टेनिस इतिहासमा अहिलेसम्मकै उत्कृष्ट खेलाडीमध्येका रोजर फेडेररले कुल २० ग्रान्डस्लाम उपाधि जितेका छन् ।

प्रोफेशनल करियरबाट सन्यास लिएर कोर्टबाट बाहिरिँदै गर्दा दर्शकले लामो समयसम्म उनका लागि लामो समयसम्म उभिएर ताली बजाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप