बानेश्वरमा शेखर–गगन समूहको खबरदारी सभा

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो । 


सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ । शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ। -न्युज कारखाना





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।