पुनर्जागरण पार्टीका महामन्त्री हमाल एमाले प्रवेश

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल एमाले प्रवेश गरेका छन् । हमाललाई एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि झन्डै ७ वर्ष बिताएको बताउने उनले एमाले नै राजनीतिक शक्ति रहेको महशुस गरेर प्रवेश गरेको बताए ।  


उनले भने– ‘राजनीतिको तेस्रो ध्रुव बनाउन थुप्रै प्रयास गरियो, तर झन नेपाली राजनीति दुई ध्रुवमै केन्द्रीकृत भइरहेको महसुस भयो । एउटा ध्रुव समातेर अगाडि जाने विकल्पको रोजाइमा एमाले परेकोले पार्टी प्रवेश गरेको हुँ ।’ पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेता उपस्थिति थिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।