रिसेप्सनिस्टको हत्या आरोपमा भाजपा नेताका छोरा पक्राउ
शनिबार, ०८ असोज २०७९, १३ : २४
उत्तराखण्डमा भाजपा नेता विनोद आर्यका छोरा पुलकित आर्य एक रिसेप्सनिस्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तराखण्ड प्रहरीले अंकिता भण्डारी नामकी युवतीको शव शनिबार बिहान फेला पारेको छ । अंकिताको शव ऋषिकेशको चिला नहरबाट फेला परेको हो । प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई नछोड्ने बताएका छन् ।
अंकिताको हत्यामा संलग्न पुलकित आर्यसहित रिसोर्टका प्रबन्धक सौरभ भास्कर र सहायक प्रबन्धक अंकित गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले हत्यापछि अंकिताको शव चिला नहरमा फालेको बताए । प्रहरी नायब उपरीक्षक शेखरचन्द्र सुयालका अनुसार प्रारम्भिक सोधपुछमा उनले झुक्याउन खोजे पनि कडाइ गरेपछि सत्य स्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ