शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूईएफएविरुद्ध मुद्दा हाल्दै लिभरपुलका समर्थक

शनिबार, ०८ असोज २०७९, १३ : २०
शनिबार, ०८ असोज २०७९

१७ सयभन्दा बढी लिभरपुलका समर्थकहरूले यूईएफएविरुद्ध मुद्दा हाल्ने भएका छन् । च्याम्पियन्स लिगको फाइनलमा यूईएफएको व्यवस्थापनको कमजोरीका कारण आफूहरूमध्ये धेरै घाइते हुनुका साथै मानसिक पीडा भोगेको भन्दै उनीहरूले मुद्दा दर्ता गर्न लागेको वकिलले जानकारी दिएका हुन् ।

पेरिसमा खेलिएको रियल म्याड्रिड र लिभरपुल बीचको फाइनलको व्यवस्थापनलाई लिएर युरोपियन फुटबलको नियामक निकायको आलोचना भएको थियो । सुरक्षाको कारण देखाउँदै त्यतिबेला फाइनल खेल ३५ मिनेट ढिला गरी सुरु गरिएको थियो । 

लिभरपुलको लफर्म बिङहमले स्टाडे डे फ्रान्सको ‘त्रासदीपूर्ण घटना’ बारे समर्थकहरूसँग कुराकानी गरेको जनाएको छ । बिङहमले पोगस्ट गडहेडसँग मिलेर १ हजार ४५० जनाको संयुक्त मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । लिभरपुलका धेरै समर्थकहरूले लामो समय स्टेडियममा प्रवेश गर्न नपाएको तथा प्रहरीबाट दुर्व्यवहार बेहोर्नुपरेको बताएका छन् । –बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप