शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

शनिबार, ०८ असोज २०७९, १२ : ३३
शनिबार, ०८ असोज २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप