शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गजल : आजभोलि ठूलो पीर परेको छ

शनिबार, ०८ असोज २०७९, १२ : १४
शनिबार, ०८ असोज २०७९

देशलाई आजभोलि ठूलो पीर परेको छ ।
मुटु फुटी रगतले माटो भिज्ने गरेको छ ।।

मूल्यवान पसिनाको मोल आफ्नै माटोमाथि ।
पोख्नु पर्ने युवावर्ग सीमा पारि तरेको छ ।।

सुन फुल्ने माटोलाई लत्याएर हिँडेपछि ।
आशा छैन अन्न फल्ने त्यहाँ नुन छरेको छ ।।

हिजोभन्दा आज बढे तिम्रा हाम्रा दुक्खहरू 
खै त कसले अहिलेसम्म हाम्रो दुक्ख हरेको छ ।।

जङ्गलमा खुसीसाथ नाची खेल्ने हरिण पनि ।
विस्थापित भई आज खोलातिर झरेको छ ।।

गाई भैँसी भेँडा बाख्राहरू चर्ने चहुरमा ।
नरभक्षी करवीर मसान पो चरेको छ ।।

निकै खोजतलास गर्दा पनि आभास पाइएन ।
आजभोलि प्रजातन्त्र ज्यूँदै छ कि मरेको छ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
लेखकबाट थप