विकृति न्यूनीकरण गर्न प्रहरीद्वारा सचेतना अभियान

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

बैतडी प्रहरीले विद्यालय विद्यालयमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।  


कार्यक्रमअन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भइसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेको छ । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको हो ।  



सो कार्यक्रम अन्र्तगत सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुर्व्यसन रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटनालगायतका विषयमा छलफल गर्ने गरिएको छ । 



उनले भने, “विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्रिर्याले  समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ ।” विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथामलगायत विषयमा छलफल हुने गरेको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो । 

विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउनुका साथै, प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गत साउनदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई निरन्तता दिइएको छ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।