शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको कदमविरुद्ध सिके राउतद्वारा चरणबद्ध आन्दोलनको घोषणा

शनिबार, ०८ असोज २०७९, १८ : ००
शनिबार, ०८ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो । 

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ । त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै जनमत पार्टीले आन्दोलन घोषणा गरेको जनाएको छ ।

असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने, असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जनाकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप