अन्तरवार्ता

‘देवकोटा घर पुनर्निर्माणमा कुनै विवाद छैन’

आफ्नो कार्यकालबारे पूर्ण सन्तुष्ट छु : गङ्गाप्रसाद उप्रेती, कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

उपकुलपति समेत गरी करिब १२ वर्ष प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हालेका कुलपति गङ्गाप्रसाद उप्रेतीको कार्यकाल सकिने संघारमा छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६६ सालमा उपकुलपति भएका उनी २०७१ देखि निरन्तर दुई कार्यकाल कुलपति भई काम गरिरहेका छन् ।


२००४ फागुन २७ गते तेह्रथुमको आठराई, इवागाउँमा जन्मिएका उनी प्राध्यापन सेवामा पनि समर्पित रहे । निबन्धकार भएर पनि उनको पहिलो सिर्जना भने कविता रहेको छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, १२ वर्षे कार्यकालमा उनले प्रज्ञाको खोला फर्काए त ? उनी आफ्नो कार्यकालको मूल्याङ्कन कसरी गर्छन् ? प्रस्तुत छ,  कुलपति उप्रेतीसँग उनको कार्यकालबारे केन्द्रीत रही रातोपाटीका लागि शिखरमोहनले गरेको कुराकानी 



–हिजोआज केमा व्यस्त हुनुहुन्छ ?



प्रज्ञा प्रतिष्ठानमा मैले थालेका प्रकाशनलगायतका समापन गर्नुपर्ने काम धेरै छन्, तिनैमा व्यस्त छु ।  

–पछिल्लो समय प्रज्ञा प्रतिष्ठानले केके गर्दैछ ?

२०१४ सालदेखि यता प्रकाशित भएका तर बिक्री भएर सकिएका अमूल्य धेरै कृतिहरू थिए, तिनैलाई प्रकाशन गर्यौँ । नेपाल प्रज्ञा प्रतिष्ठनको नेपाली बृहत् शब्दकोश पहिले ६० हजार शब्दको थियो । त्यसमा शब्द थपेर १ लाख ३० हजार शब्दको नयाँ संस्करण प्रकाशित गरेका छौँ । ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ भनेर निस्किएको छ । 

प्रतिष्ठानका हरेक विभागबाट मानक ग्रन्थहरू प्रकाशित भइरहेका छन् । भर्खरै मात्र काव्य विभागबाट ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ कृति प्रकाशित भएको छ । देवकोटा सङ्ग्रहालयको निर्माण कार्य पूरा भएको छ । अब चाँडै नै उद्घाटन हुँदैछ । ​

​प्राज्ञहरूको, बाहिरका व्यक्तित्वहरूले पनि सहयोग गर्नुभयो । आग्रह दूराग्रह राख्ने केहीबाहेक सबैको सहयोग र सद्भाव रह्यो । त्यो सद्भावकै कारण अन्तर्राष्ट्रिय रूपमा प्रज्ञा प्रतिष्ठानको छवि उच्च बनेको छ ।

–यो सङ्ग्रहालयबारे विवाद पनि थियो नि, के भयो ?

नेपाल सरकारले देवकोटाको कविकुञ्ज ग्रहण गरी नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत् सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो । त्यसका लागि बजेटको व्यवस्था पनि सरकारले गर्यो । 

त्यो घर पुनः निर्माण गर्न इन्जिनियरहरूको एउटा कमिटी बनाएर सल्लाह गर्यौँ । रेट्रोफिटिङ गरेर सङ्ग्रहालय बनाउन हुन्छ कि हुँदैन भनेर सुझाव पनि माग्यौँ । काँचो माटोका इँटाले बनेको र धेरै पुरानो भएकाले भत्किने अवस्था रहेको र पुनर्निर्माण हुन पनि नसक्ने सुझाव त्यस कमिटीबाट आयो । 

अनि मजबुत भवन निर्माणका लागि डीपीआर निर्माण गर्न लगायौँ । पुरानै आकृतिको नयाँ भवन बन्ने भयो । विभिन्न सञ्चारमाध्यमलाई यो कुराको जानकारी पनि दियौँ । नयाँ भवनमै सङ्ग्रहालय बन्छ भनेर भन्यौँ । त्यतिबेला सबै सञ्चारमाध्यमले छापे पनि । 

त्यसको जग दर्बिलो बनाउनु पर्‍यो  । भूकम्प प्रतिरोधी संरचना तयार गर्नुपर्ने भयो । साथै ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री भवन बनाउनुपर्यो । सोही प्रकारले यसको डिजाइन गर्यौँ । लिफ्टको व्यवस्था गर्यौँ । 

त्यति कार्य सकेपछि पुरानो भवन भत्काउन नहुने भनेर सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले पुरातत्त्वसँग समन्वय गरी आवश्यक कार्य गर्न आदेश दियो । पुरातत्त्वसँग समन्वय गरेर निर्माण कार्य पुनः थाल्यौँ । तीन तलाको पुरानो त्यो घर, स्थानीय सामग्री प्रयोग गरेर त्यही डिजाइनमा नयाँ बनायौँ । अहिले त्यो विवाद छैन ।  केही दिनमा उद्घाटन पनि गर्दैछौँ । 

–देवकोटा सङ्ग्रहालयको व्यवस्थापन खर्च प्रज्ञाले नै बेहोर्छ कि ?

प्रज्ञा प्रतिष्ठानकै व्यवस्थापनमा सञ्चालन हुन्छ । तर अहिलेसम्म त सरकारले नै दिएको छ । अब व्यवस्थापन प्रज्ञाले नै गर्ने हुँदा त्यसको खर्च पनि प्रज्ञाले नै बेहोर्छ । यो प्रज्ञाकै एउटा युनिट हो ।

–प्रज्ञामा कुलपति भई २ कार्यकाल सम्हाल्नुभयो, यो अवधि समग्रमा कस्तो रह्यो ?

एकदमै राम्रो रह्यो । प्राज्ञहरूको, बाहिरका व्यक्तित्वहरूले पनि सहयोग गर्नुभयो । आग्रह दूराग्रह राख्ने केहीबाहेक सबैको सहयोग र सद्भाव रह्यो । त्यो सद्भावकै कारण अन्तर्राष्ट्रिय रूपमा प्रज्ञा प्रतिष्ठानको छवि उच्च बनेको छ । दक्षिण एसियाका सबै राष्ट्रका सरकारी एकेडेमीसँग, चीनका विभिन्न प्राज्ञिक निकायसँग हाम्रो दुईपक्षीय सम्बन्ध निर्माण भएको छ । पाकिस्तान, बङ्गलादेशसँग हामीले अनुवादमार्फत् र साहित्यकार आदान प्रदान गर्न थालेका छौँ । तर कोभिडका कारण भने पछिल्लो समय यो स्थगित छ । 

ले चाहेको अहिलेको प्रज्ञा प्रतिष्ठानको प्रशासनिक भवनलाई सङ्ग्रहालयमा परिणत गर्ने  र प्रशासनिक प्रयोजनका लागि नयाँ भवन बनाउने योजना थियो । त्यो गर्न सकिएन ।

त्यस्तै बङ्गलादेशका शेख रहमानका दुईवटा पुस्तक अनुवाद गरी प्रकाशित गरेका छौँ । पाकिस्तानको पनि एक महिला लेखकको करिब ६ सय पृष्ठको पुस्तक अनुवाद गरेर प्रकाशित गरेका छौँ । यसै गरी चिनियाँ लेखक सङ्घले पठाएका १३ जना आधुनिक कविका ६५ वटा कविता नेपालीमा अनुवाद गरेर ‘चीनका समसामयिक कविताहरू’ भर्खरै प्रकाशित गरेका छौँ । चीनमा पनि करिब १२५ जना आधुनिक नेपाली कविका कविताहरू चिनियाँ भाषामा अनुवाद गरी प्रकाशित गराएका छौँ । 

–तपाईंले गर्न चाहेको तर नसकेका कार्य चाहिँ केके छन् ? 

प्रज्ञा प्रतिष्ठानभित्रै एउटा भवन बनाउनका लागि चिनियाँ सरकारसँग अनुरोध गरेका थियौँ । सी चिनफिङ नेपाल भ्रमणमा आएपछि उहाँले ठूलो रकम सहयोग दिने भन्नुभएको थियो । हाम्रो परराष्ट्रले पनि स्वीकार गरेको थियो । तर केमा खर्च गर्ने भनेर यहाँबाट पठाउन सकेनन्, त्यो आएन । 

मैले चाहेको अहिलेको प्रज्ञा प्रतिष्ठानको प्रशासनिक भवनलाई सङ्ग्रहालयमा परिणत गर्ने  र प्रशासनिक प्रयोजनका लागि नयाँ भवन बनाउने योजना थियो । त्यो गर्न सकिएन ।

त्यो प्रशासनिक पुरानो एकतले भवन भूकम्पले भत्काएको छ, त्यही ठाउँमा नयाँ पाँच छ तले भवन बनाउने विचार थियो । त्यसमा प्रशासनिक एकाइ र विभिन्न ठाउँबाट प्रज्ञामा आउने साहित्यकारहरूलाई आवासको व्यवस्था गर्ने भन्ने थियो  । 

अर्को काम नेपालको अन्तर्राष्ट्रिय पहिचान झल्काउने खालको सातै प्रदेशको पहिचानसहितको बेग्लाबेग्लै ग्रन्थ तयार गर्ने योजना थियो । सरकारले त्यसका लागि बजेट विनियोजन पनि गरेको थियो तर कोभिडका कारण बजेट आएन । अनि प्रतिष्ठानकै आन्तरिक बजेटबाट २ नम्बर प्रदेशको पुस्तक तयार गर्यौँ । अरू छ वटा प्रदेशका ग्रन्थ तयार गर्न सकिएको छैन । 

यी सबै ग्रन्थ अङ्ग्रेजी अनुवाद गरेर वितरण गर्ने योजना छ । त्यो गर्न सकिएन । यी ७ प्रदेश हरेकको साहित्य, संस्कृति, भूगोल, इतिहास, जातजाति, अर्थ व्यवस्थालगायत १० वटा पक्षबाट खोजअनुसन्धान गरी सो ग्रन्थ तयार पार्ने योजना हो, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव चिनाउने काम गरोस् ।

म एउटा लेखक, निबन्धकार तथा समालोचक हुँ । अन्तर्राष्ट्रिय साहित्यको पनि अध्ययन गर्ने हुनाले त्यतातिरका कार्यहरू पनि गर्छु । लेख्न नभ्याएका धेरै विषय छन्, तिनलाई पूरा गर्नुछ, त्यतातिर लाग्छु । 

–तपाईं पुनः दोहोरिने सम्भावना छ कि छैन ? 

म धेरै पटक दोहोरिएँ । एउटै व्यक्ति सधैँ एउटै पदमा रहिरहनु हुँदैन । दोहोरिनु भनेको जागिर खान मात्र होइन । केही नयाँ काम गर्न दोहोरिनु हो । 

मैले गर्नुपर्ने कामहरू लगभग गरिसकेँ । अब नयाँ आउनेले नयाँ योजनाका साथ आउनुपर्छ । सरकारले फेरि पनि रहने कि भनेर सोधेको थियो । अब मैले एक्लै जान पनि हुँदैन । म दोहोरिन्नँ, मेरा टिमका अरू मान्छेलाई तपाईंहरूले विश्वास गर्नुपर्छ भनेर प्रधानमन्त्रीसँग पनि कुरा भएको छ ।  

–तपाईंको लेखन के कस्तो छ ? अबको आगामी योजना के बनाउनु भएको छ ?   

म एउटा लेखक, निबन्धकार तथा समालोचक हुँ । अन्तर्राष्ट्रिय साहित्यको पनि अध्ययन गर्ने हुनाले त्यतातिरका कार्यहरू पनि गर्छु । लेख्न नभ्याएका धेरै विषय छन्, तिनलाई पूरा गर्नुछ, त्यतातिर लाग्छु । 

‘आजलाई दुई कविता’ रूपरेखामा (अङ्क ३८, २०२१) मा प्रकाशित गरी सार्वजनिक साहित्यिक यात्रामा प्रवेश गरेको हुँ । ‘स्मृतिका छालमा इटाली (यात्रासंस्मरण, २०४४), दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६), व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७), बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, सन् २००८), तिब्बतमा दश दिन (नियात्रा, २०६४), नामको खोल (निबन्धसङ्ग्रह, २०६५), भाषा र संस्कृति (लेखसङ्ग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८), स्मृतिमा फुलेका बहुरङ्गी पूmलहरू (संस्मरण, २०६९), समालोचना विविध (समालोचनासङ्ग्रह, २०७२), चक्रव्यूह (कवितासङ्ग्रह, २०७३), घुम्दैफिदै अमेरिका (नियात्रासङ्ग्रह, २०७७), स्मृतिमा तरङ्गित विम्बहरू (निबन्धसङ्ग्रह, २०७७) लगायत कृतिहरू मेरा प्रकाशित छन् । 

यसरी पहिले र पछि प्रशासनिक क्षेत्रमा व्यस्त भए पनि करिब तीनवटा कार्यकालमा आधा दर्जन जति मेरा पुस्तक प्रकाशित भइसकेका छन् । तर त्यति व्यवस्थित तरिकाले लेख्न सकेको छैन । अब लेखनतिरै लाग्छु । 

–लेखक, साहित्यकारहरू आफूलाई सधैँ प्रतिपक्षी ठान्छन् । त्यसैले सरकारी प्रज्ञाको कार्यक्रममा त्यति धेरै लेखक उपस्थित हुन रुचाउँदैनन् । यसबारे के भन्नुहुन्छ ? 

यो एकदमै आधारहीन कुरा हो । प्रज्ञाका अहिलेकै कार्यक्रममा पनि हल पूरै भरिएका हुन्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय हरेक कार्यक्रममा ठूलो सहभागिता रहन्छ । सबै प्रकारका साहित्यकारहरू आउँछन् । एक दुई जना कुण्ठा बोकेका मान्छेले कोठामा बसेर भन्ने कुरा मात्र हो । प्रज्ञा प्रतिष्ठानको इतिहासमा यति ठूलो सहभागिता कहिल्यै भएन । इतिहासमा पहिलो पटक भएको दक्षिण एसियाका सबै देशका साहित्यकारहरूको भेलामा पनि त्यतिकै धेरै सहभागिता थियो । 

तर केही कुण्ठा बोकेका मान्छे आत्मसम्मान भनेर बस्छन् र त्यो कुरा गर्छन् भने बेग्लै कुरा हो । 

अब प्रज्ञा प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरको भएको छ । पूर्वाधारमा एकदमै महत्त्वपूर्ण कार्य भए । मैले जेजति गरेँ, त्यसमा पूर्ण सन्तुष्ट नहुने कुनै कुरा छैन । 

–प्रज्ञाले दिने पुरस्कार राजनीतिक रङ मिल्नेलाई मात्र दिइन्छ भन्ने आम सर्जकको गुनासो छ ? किन यस्तो हुन्छ ?

अरूले के भन्छन् भन्दा पनि आफैँ मूल्याङ्कन गर्ने कुरा हो, कस्ता कस्ता मान्छेले पुरस्कार पाएका छन् भनेर ? हामीले खोजेर दिएका मान्छेहरूमा कोही राजनीतिक आस्थावाला पनि परे होलान् तर जुनसुकैै आधारमा उच्च छन् । हामीले पुरस्कृत गरेकाहरूलाई सबैले हाई हाई गरेका छन् । 

–प्रज्ञाले पुस्तक प्रकाशन त गर्छ तर बजारीकरण किन गर्न सक्तैन ? 

पहिले पहिले साझामार्फत् वितरण गथ्र्यौं । तर पछि पछि समस्या आयो । त्यसपछि हामीले टेन्डर गरेर निजी क्षेत्रबाट दिने प्रयत्न गर्यौँ । त्यो पनि काम लाग्ने भएन । त्यसपछि बैङ्क ग्यारेन्टी गरेर निजी क्षेत्रलाई दियौँ तर उनीहरूलाई पनि पोस आएन भने । 

यी कारणले हामीलाई चुनौती भयो । यसपछि हामीले समय समयमा पुस्तक प्रदर्शनी गर्दै आएका छौँ । यो एकदमै प्रभावकारी भएको छ । यस्ता प्रदर्शनीबाट मात्रै वार्षिक ५० लाखको बिक्री हुने गरेको छ । योबाहेक बिक्री कक्षबाट पनि नियमित बिक्री हुन्छ । हामीले एउटा व्यवस्थित बिक्री कक्ष पनि बनाएका छौँ । 

–करिब १२ वर्ष प्रज्ञामा संलग्न रहनुभयो, आफ्नो कार्यप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

मेरै कार्यकालमा भौतिक पूर्वाधार बने । धेरैजसो सहयोग परिचालन गरेर बनाइयो । साहित्यिक गतिविधि व्यापक भए । सक्षम छापाखाना स्थापना गरियो । 

प्रेसबाट मात्रै अहिले करिब एक करोड रुपियाँ आम्दानी हुन्छ । पुस्तकालय व्यवस्थित भयो । भूकम्पपछि जुनसुकै अवस्थाको भवन भत्किने अवस्थामा थियो, त्यो पुनर्निर्माण भयो । अब ५० वर्षसम्म केही हुँदैन । 

अब प्रज्ञा प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरको भएको छ । पूर्वाधारमा एकदमै महत्त्वपूर्ण कार्य भए । मैले जेजति गरेँ, त्यसमा पूर्ण सन्तुष्ट नहुने कुनै कुरा छैन । 

–यो अवधिमा साहित्यकारहरूले चाहिँ कत्तिको सहयोग गरे ?

एउटा व्यक्तिले मात्र सबै कार्य गर्न सक्दैन । यो सफलता भनेको साहित्यकारहरूकै सहयोग हो । सबै विचारधाराका साहित्यकारहरूले सहयोग गरेका छन् । यो जस उहाँहरूलाई पनि जान्छ । कुण्ठा र अहम्ता बोकेका केही व्यक्तिबाहेक सबैले सहयोग गरे । कुण्ठा बोकेर बस्नेहरूले पनि कहिले कहिले काम त ठीकै छ भनेका छन् । 

–अन्तमा के भन्न चाहनुहुन्छ ?

मेरोतर्फबाट तपाईंको सञ्चारमाध्यममार्फत् समग्र देशवासीलाई दसैंको शुभकामना छ । आउने चाडहरू सबैका लागि शुभ रहून्, सबैमा सकारात्मक सोच आओस्, हरेक कुरालाई समालोचनात्मक दृष्टिबाट हेर्ने सोचको विकास होस् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।