मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सहज जीत
शनिबार, ०८ असोज २०७९, १० : ०५

कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि ३–० को सहज जीत हासिल गरेको छ ।
मायामीमा खेलिएको खेलमा लाउटारो मार्टिनेजले खेलको १६ औँ मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६९ औँ मिनेटमा अर्को गोल थप्दै मेस्सीले अर्जेन्टिनाको जीत सुनिश्चित गरे ।
अर्जेन्टिना पछिल्ला ३४ खेलमा अपराजित रहेको छ । सन् २०१९ मा कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता टोली अपराजित रहेको छ । अर्जेन्टिनाले अर्को खेलमा मंगलबार जमैकाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)