दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने
वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ ।
विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ।
यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने 'क्लिन एण्ड ग्रिन' बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ। साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ।
दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, “यो दराजमा दिगो तथा वातावरण मैत्री सञ्चालन तिरको थप एक कदम हो। हाम्रा डेलिभरी सवारी साधनहरुमा १० वटा विद्युतीय स्कुटरहरू थपिएका छन्। हामी हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपायहरू कार्यान्वयन गर्न सधैं अग्रसर रहनेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनको प्रश्न : जाजरकोट भूकम्प र असोजको बाढी पछिको पुनर्निर्माणमा सरकारले श्रोत कसरी जुटाउँछ ?
-
बादलले भने– माओवादीको जनयुद्ध हिंसा हो
-
अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
-
कुजात भनेको के हो ? प्रचण्डलाई स्पष्ट पार्न रुलिङको माग
-
सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुनोस् : सुमना श्रेष्ठ
-
आमिरले राखेको कार्यक्रममा शाहरुख र सलमान पुग्दो जे देखियो