बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सहरमै काम गर्दैन टेलिकमको नेटवर्कले

शनिबार, ०८ असोज २०७९, ०८ : २९
शनिबार, ०८ असोज २०७९

सुन्दा अचम्म लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर ।  सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदावरीमै  उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । 

अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी  समस्यामा  परेको गुनासो गर्दछन्  । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्यता छ । 

अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउछन् ।  अन्य कर्मचारीको गुनासो छ, “जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ”, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ । 

अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउछन्  । नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्छन्, “अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क टावर भएकाले समस्या भएको हुनसक्छ । उहाँ थपे , “कार्यालयभित्र के को समस्या हो पत्ता लगाई छिट्टै समस्या समाधान गरिने भएको छ ।”  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप