मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमाथि इङ्ग्ल्यान्डको सहज जित

शनिबार, ०८ असोज २०७९, ०८ : २१
शनिबार, ०८ असोज २०७९

घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इङ्ग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ । २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।  

पाकिस्तानका  शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे । इङ्ग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो । उसका बेन डुकेटले ७० तथा  ह्यारी ब्रुक्सले ८१ रन बनाए । यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे । पाकिस्तानका  उस्मान कादिरले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप