शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज देशको इज्जत

शनिबार, ०८ असोज २०७९, ०७ : ३७
शनिबार, ०८ असोज २०७९

तिम्रै भारी मनले आमा
समुन्द्रकै मौनता साँचेर
चुँडिएका चोलीका तुना
मक्किएको पटुकीले 
कम्मरको गुन्यू च्याप्न नसक्दा
तिम्रो इज्जत हावामा बरालिएछ ।

पारी क्षितिजबाट 
उत्तर दक्षिण र पश्चिमका बैरी 
आमालाई एकोहोरो दुरबिनले नियाल्दा
दुष्ट उनको अस्मिता अविरल चुमिरहदा 
राजनेताको प्रतिकारमा चोली र गुन्यू सत्याग्रह गर्दै
सम्झौताको पञ्चशीलतामा लाठीचार्ज गरिरहन्छन् ।

मेरा बाका धुजा धुजा सुरुवाल र भोटी 
लाचार बाकस भरी चाँचेर राखिएका
सुगौली सन्धिका कागजी प्रमाणका ठेलीमा
एक चिम्टी अधिकार जमाउन नसक्दा 
हृदयमा जमेर बसेको अपमान मेटाउन 
मेरो पाखण्डी देशभक्तीमाथि कुर्बानी गरियोस् ।

कठै मेरा बाआमा,
बाआमाकै नाङ्गो आङमा
मैले एक धर्सो धागो फेर्न नसक्दा
संग्रहालयमा सजिएका सुगौली ठेली
विचरा सरम लुकाउन 
शितल निवास र बालुवाटारका द्वारमा
सतीले आत्मदाह गर्दा 
मलामी राष्ट्रपति 
र, प्रधानमन्त्रीले सुली चढाइरहेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप