सञ्चय कोष

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0


कमाउँदै जाँदा
खर्चिदै जाँदा
बच्छ र यहाँ कति ?
समय बग्छ
भोलि आउँछ
कमाउने हात गल्छन्
खुट्टा थरथराउन थाल्छन्
मुटु कमजोर बन्छ
देख्छन्
अगाडि सिंगो भविष्य हुन्छ
पर परसम्म ।
तर रत्तीभर पीर छैन उनलाई
किनकि
हातमा पेन्सन पट्टा हुन्छ
अंश अंश गरी संकलित
एकमुष्ठ मिल्ने सञ्चय कोष नि हुन्छ
मनमा सन्तुष्टि मिल्छ
आफू र आफ्नो सन्ततिको सुन्दर भविष्य हुन्छ
त्यसको सुनिश्चितता हुन्छ
आशा हुन्छ
भरोसा हुन्छ
दुःखको कमाइभित्र मीठो फल मिल्छ
बीचमा, याद आउँछ
पहिले जागिरमा छँदा
बिरामी हुँदा
कोषले खर्च बेहोरेको
शैक्षिक सापटी लिएर छोरी पढाएको
पछि, घर सापटी लिएर घर नि बनाएको
बार्दलीमा बस्दै सम्झन्छन् उनी
कोष कार्यालयमा
स्टेट्मेण्ट लिन गएको
एक महिना दुई महिना गन्दै
सम्झिदै अनि गुन्दै
एकतीस वर्ष कटाएको
कोष कट्टी सबै महिनाको
भए नभएको बताएको
सम्झन्छन् उनी
यी र यस्तै सुविधाको खातिर
लोकसेवा भिडेको
जागिर मिलेको
र, त्यहाँ देख्छन्
सुरक्षित भविष्य खुलेको
सुरक्षित भविष्य खुलेको ।
(कर्मचारी सञ्चय कोषको ६१औं वार्षिकोत्सवका अवसरमा रचना गरिएको)
 






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।