शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजाजले ल्यायाे 'ग्रान्ड एक्स्चेन्ज फेस्ट' योजना

शनिबार, ०८ असोज २०७९, ०७ : १८
शनिबार, ०८ असोज २०७९

बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट”योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा रु. सात हजार थप मूल्य पनि पाउन सकिनेछ । सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले सात हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।

यस एक्स्चेन्ज योजनाअन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरू जित्न सक्नेछन्। यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरूले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप