लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन
शनिबार, ०८ असोज २०७९, ०५ : ५६

युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।
मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।
समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहित पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण