पत्रपत्रिका
थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम
शनिबार, ०८ असोज २०७९, ०५ : ४६
गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । 'थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छ', राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने।
बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय सङ्ख्यामा सङ्क्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
-
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा