शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु

शुक्रबार, ०७ असोज २०७९, २३ : ००
शुक्रबार, ०७ असोज २०७९

हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो । पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप