पश्चिम एसियामा सङ्कटको कारण अमेरिका र नेटोको उपस्थिति : इरानी राष्ट्रपति
![पश्चिम एसियामा सङ्कटको कारण अमेरिका र नेटोको उपस्थिति : इरानी राष्ट्रपति](https://rpcdn.ratopati.com/media/albums/Iran_President_Raisi_wYX0SREi2x.png)
इरानी राष्ट्रपति इब्राहिम राईसीले पश्चिम एसिया क्षेत्रमा संयुक्तराज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा ‘विनाश, कब्जा र नरसंहार’ भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ ।
बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्रसङ्घको ७७ औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो कुरा बताएका हुन् । इरानले ठूलो सङ्ख्यामा अफगान शरणार्थी लिएको छ र आतङ्कवादको विरुद्ध गम्भीर रूपमा लडेको छ । आतङ्कवाद यस क्षेत्र र सम्पूर्ण विश्वका लागि ठूलो खतरा हो उनले भने । उनले यस क्षेत्रमा जारी सङ्कटको समाधान विदेशी हस्तक्षेप विना राष्ट्रिय सहमतिमा गर्नुपर्नेमा जोड दिएका छन्।
उनले संयुक्त राष्ट्रसंघलाई केही राज्यहरूको एकपक्षीय दृष्टिकोण र नीतिहरूको सामना गर्न थप ‘गम्भीर भूमिका’ खेल्न समेत आग्रह गरेका छन्। राष्ट्रका समस्या समाधान गर्न र आन्तरिक मामिलामा विदेशी शक्तिको हस्तक्षेप रोक्न राष्ट्रसङ्घको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राईसीले संयुक्त राष्ट्रसङ्घ ठूला शक्तिका लागि मात्रै नभई सबै राष्ट्रका लागि साँच्चैको अभिभावक संस्था हुनुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेतर सम्बन्धले निम्त्याएको अपराध : चार वर्षमा ३३ जनाको हत्या
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा