शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न महासंघको माग

शुक्रबार, ०७ असोज २०७९, २२ : २८
शुक्रबार, ०७ असोज २०७९

नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न माग गरेका छन् । महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याइएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पुँजीको नियम आफैंमा राम्रो भएपनि विद्यमान आर्थिक स्थितिका कारण तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा एक आर्थिक वर्षपछि वा आर्थिक अवस्था सहज भएपछि लागू गर्न सुझाव दिएको हो ।

नेपाल राष्ट्र बैंकले चालु पुँजी सम्बन्धि मार्गनिर्देशन जारी गर्दै वर्षको एकपटक कम्तिमा ७ दिन कर्जा चुक्ता गर्नुपर्ने नीति लिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले यसले उद्योगी व्यवसायीलाई समस्या हुने बताउँदै एक वर्ष पछि वा आर्थिक अवस्था सहज भएपछि कार्यान्वयनमा लैजान आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपाने सहित गएको उद्योगी व्यवसायीहरुको टोलीले नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक रञ्जना पौडेल पण्डितलाई शुक्रबार ध्यानाकर्षण गराउँदै उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि केन्द्रीय कार्यालयमा पहल गरिदिन आग्रह गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजूले बताए ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी हुन नुहुने, साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बढ्दो ब्याजदरको कारण उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल बिन्दुमा ब्याजदर कायम गर्न आग्रह गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप