शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करिब १४ लाखको सुर्तीजन्य पदार्थसहित ट्रक प्रहरीको नियन्त्रणमा

शुक्रबार, ०७ असोज २०७९, २१ : ४७
शुक्रबार, ०७ असोज २०७९

 प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकबाट करिब १४ लाख रुपैयाँ बराबरका सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज ६ गते राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नितनपुरस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा ना६ख ७२५८ नम्बरको ट्रक चेकजाँच गर्दा भन्सार छलेर भित्र्याइएको १३ लाख ९९ हजार ८०० रुपैयाँ बराबरको रजनीगन्धा, तुलसी लगायतका गुट्खा बरामद भएको हो ।

प्रहरीले ट्रकसहित ती सामान नियन्त्रणमा लिएको र ट्रक चालक नकुल परियारलाई समेत पक्राउ गरेको जनाइएको छ । बरामद ट्रक र सामान भने भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप