शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

शुक्रबार, ०७ असोज २०७९, २१ : २०
शुक्रबार, ०७ असोज २०७९

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षसम्ममा संचित नाफाबाट बैंकले सो बराबरको लाभांश दिन लागेको हो ।

बैंकको असोज ६ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंक संचालक समिति बैठकले गरेको सो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

बैंकले प्रदान गर्ने लाभांश नगद लाभांश हो । अघिल्ला वर्षहरुमा बोनस सेयरमा जोड दिएका बैंक तथा वित्तीय संस्थाहरुले यसवर्ष भने नगद लाभांश वितरणलाई प्राथमिकतामा राखेका छन् । बैंकले प्रदान गर्ने नगद लाभांशबाट नै कर रकम काटिनेछ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ । बैंकले सो चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब २७ करोड रुपैयाँ वितरण गर्न लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप