बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गुर्जेमा बडा दशै महाभिडन्त रेस्लिङ हुने

शुक्रबार, ०७ असोज २०७९, २१ : १२
शुक्रबार, ०७ असोज २०७९

नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवपुरी गाँउपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेलिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।


झण्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने बताइएको छ । हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट ९महिला० विजेताले ६५ हजार, लाइटवेट ९पुरुष० विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने जनाइएको छ । प्रतियोगिता असोज १५ गते दिउँसो १ बजे सुरु हुने बताइएको छ ।


शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले रेस्लिङले पयर्टन प्रबद्धनमा सहयोग पुग्ने भएकाले पालिकाले सहयोग गरेको बताए । ‘यो खेलले यस क्षेत्रको मात्र नाई देशकै पयर्टन व्यवसायमाथि उकास्ने विश्वास लिएका छौं, उनले भने,‘ यसले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनेछ ।’

शिवपुरी गाँउपालिका वडा नं ६ ले पनि प्रतियोगितामा आर्थिक सहयोग गरेको छ । पत्रकार सम्मेलनमा शिवपुरी गाँउपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठ, कालिका माविका प्रधानध्यापक कृष्णकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप