बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

बागमती प्रदेशसभा सदस्य तथा राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् । शुक्रबार बागमती गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा माझी राप्रपा नेपालमा प्रवेश गरेकी हुन् । माझीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए ।
माझीलाई पार्टीमा स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी पार्टीलाई बलियो बनाउन सक्रिय हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा कुनैपनि भ्रममा नपरी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।
मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाले दावी गरे । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।
उनले हेटौंडा–काठमाडौं सुरुङ मार्ग, चक्रपथ निर्माण, विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रिता माझीले इमानदारिता, निष्ठा र कर्तव्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् ।
उनले कमल थापा विचार र पार्टीको जन्मदाता भएकोले उहाँसँग काम गर्दा गौरवको अनुभूति हुने बताइन् । कार्यक्रममा राप्रपा बागमती गाउँपालिका वडा नम्बर–३ समिति राप्रपा नेपालमा समाहित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म