आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भने–एमालेले त्रिशूलीको भेलझैँ बगाउने निश्चित भएपछि गठबन्धन गरे

शुक्रबार, ०७ असोज २०७९, १९ : १०
शुक्रबार, ०७ असोज २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिर समेत गरे ।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे । अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरथर काम्ने गरेको बताए । ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहो¥याए । (न्युज एजेन्सी नेपाल) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप