शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपांगहरुको अधिकारका लागि आन्दोलन गर्ने कांग्रेस नेता गुप्ताको चेतावनी

शुक्रबार, ०७ असोज २०७९, १८ : ५५
शुक्रबार, ०७ असोज २०७९

नेपाली कांग्रेस मधेस प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले अपांगहरुको अधिकारका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा  निर्वाचन आयोगले अपांग आरक्षण कोटा व्यवस्था नगरेर अपांगहरुलाई भेदभाव गरेको उनले बताए ।

गुप्ताले स्थानीय निकायले निर्देशिका विपरीत अपांग परिचयपत्र वितरण गरी राज्यको पैसा दुरुपयोग गरेको भन्दै छानबिन हुनुपर्ने पनि बताए । साथै उनले राजनीति सवालमा लोकतान्त्रिक पार्टी कांग्रेसले नै अधिकार सुनिश्चित गरेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप