साउदीको मध्यस्थतामा रुस र युक्रेनबीच सहमति

साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टमा रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताएको हो ।
क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'बिहीबार अबेर राति भएको यस फोन वार्तामा दुवै नेताले युद्धबन्दी बनाइएका विदेशी नागरिकलाई साउदी अरेबियामा हस्तान्तरण गर्ने कार्यमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । साउदी युवराजको निजी मध्यस्थताका कारण यो सम्झौता सम्भव भएको हो।'
युद्धबन्दी आदानप्रदान सम्झौताको एक भागको रूपमा युक्रेनलाई मारिउपोलमा अजोभस्टल स्टिलवर्क प्लान्टको रक्षा गर्दा रुसविरुद्ध लडेका सैनिकहरूसहित २१५ युद्धबन्दीहरूलाई हस्तान्तरण गरेको छ। यी युद्धबन्दीमा बेलायत, अमेरिकीसहित १० विदेशी नागरिक पनि छन् । यी मानिसहरूलाई साउदी अरबको जिम्मा लगाइएको छ।
बदलामा युक्रेनी पूर्व सांसद भिक्टर मेदवेदचुकसहित ५५ कैदीलाई रुसलाई सुम्पिएको छ । भिक्टर मेदवेदचुक पुटिनको नजिक मानिन्छन् र युक्रेनमा उनीमाथि देशद्रोहको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै