स्पेनको महिला फुटबल टोलीमा १५ खेलाडीको विद्रोह
मुख्य परीक्षक जर्ज भिल्डालाई नहटाए १५ जना खेलाडीहरुले राष्ट्रिय टोलीबाट राजीनामा दिने चेतावनी दिएको स्पेनको फुटबल फेडरेसनले जानकारी दिएको छ । भिल्डाको कार्यकालमा उनीहरुको मानसिक अवस्था र स्वास्थ्यमा असर परेको खेलाडीहरूले दाबी गरेको फेडरेसनको भनाइ छ । यद्यपि, फेडरेसनले खेलाडीहरुलाई मुख्य प्रशिक्षकको निरन्तरतालाई प्रश्न गर्ने अवसर नदिने स्पष्ट पारेको छ ।
यस्तो कार्य फुटबल र खेलकुदको मान्यताभन्दा बाहिर रहेको फेडरेसनको भनाइ छ । ‘यो कुरा उनीहरुको अधिकार क्षेत्रभित्र पर्दैन’ फेडरेसनले भनेको छ । राष्ट्रिय टोलीका लागि खेल्न अस्वीकार गरे २ देखि ५ वर्षसम्म निलम्बन भोग्नु पर्ने चेतावनीसमेत खेलाडीहरुलाई दिइएको छ । फेडरेसनले ती १५ खेलाडीलाई टोलीमा नबोलाउने पनि बताएको छ ।
४१ वर्षीय भिल्डाले सन् २०१५ यता राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दै आएका छन् । उनले सन् २०२२ को युरोमा टोलीलाई क्वार्टर फाइनलसम्म पुर्याएका थिए । भिल्डाअघि सन् २०१५ मा खेलाडीहरुकै माग अनुसार इग्नासियो कुएर्डालाई बर्खास्त गरिएको थियो । उनको नेतृत्वमा स्पेन विश्वकपमा आफ्नो समूहमा पुछारमा सीमित बनेको थियो । बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड