आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डा.केसीको अनसनप्रति नागरिक आन्दोलनको ऐक्यबद्धता

शुक्रबार, ०७ असोज २०७९, १८ : ०१
शुक्रबार, ०७ असोज २०७९

बृहत् नागरिक आन्दोलनले डा.गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले केसीको अनसनप्रति सक्रिय ऐक्यबद्धता रहेको जनाएको हो ।

ऐक्यबद्धताका लागि बृहत् आन्दोलनले असोज ८ गते शनिबार १२ बजे पेशाकर्मी समूह, परिवर्तनकामी शक्ति र नागरिकलाई माइतीघर मण्डलामा भेला हुन अपिल गरेको छ । २०६१ सालयता चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा.अनसनरत छन् । विगतका सरकारहरुले केसीसँग बारम्बार सहमति गर्ने गरेपनि कार्यान्वयन हुने गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप