सत्तारुढ गठबन्धनका युवाहरुले बुझाए राष्ट्रपति कदमविरुद्ध ज्ञापनपत्र
राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सत्तारुढ गठबन्धनका युवा संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् ।
देशैभरका ७७ जिल्ला प्रशासन कार्यलय मार्फत आ–आफ्नो अनुकुलतामा राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले बताए ।
‘राष्ट्रपति ज्यूले देशको सरोकार राख्ने नागरिकता विधेयक १५ दिनभित्रै प्रमाणीकरण गर्नुपर्ने थियो । दुई दुईपटक दुबै संसदबाट पारित भएको विधेयक राष्ट्रपतिले रोक्नुभयो यसरी रोक्नु असंवैधानिक र घोर आपत्ति छ’ रातोपाटीसँग कुरा गर्दै शेर्पाले भने, ‘संविधानको रक्षक र संविधानको पालकबाट दलीय छायाबाट प्रभावित हुनु दुःखद छ । राष्ट्रपति कदमविरुद्ध ७७ जिल्ला प्रशासन कार्यलय मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छौ ।’
राष्ट्रपतिले एकपछि अर्को गर्दै संविधानलाई कुल्चँदा व्यवस्था माथि नै प्रश्न उठेको शेर्पालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या